२३ औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विराटनगर जुनियर जेसिजको साताव्यापी कार्यक्रम

२८ कात्तिक ७५, बिहीबार

विराटनगर, कात्तिक २९
विराटनगर जुनियर जेसिजले स्थापनाको २३ औँ वर्ष प्रवेश गरेकोे उपलक्ष्यमा सप्ताव्यापी कार्यक्रमको आयोजना गरेको छ । सताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन बुधबार जेसिजले हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।

Advertisement

इन्डिभिजुवल ग्रुप, कम्यूनिटि ग्रुप,विजनेश ग्रुप र इन्टरनेश्नल ग्रुप गरी ४ वटा समुहमा सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगितामा इन्डिभिजुवल ग्रुप प्रथम भएको कार्यक्रमका मुख्य संयोजक दिपा ओडारिले जानकारी दिईन् । हाजिरी जवाफ प्रतियोगीताको संचालन उज्वल खरेलले गरेका थिए ।

Advertisement

स्थापनाको २३ औँ वर्ष प्रवेश गरेकोे उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै विराटनगर जुनियर जेसिजका अध्यक्ष मिलाप कर्णले जेसिजका यूवाहरुको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले वार्षिक उत्सव अन्र्तगत सो कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि टि पी आचार्य, संस्थापक अध्यक्ष डा.सन्देश दास श्रेष्ठ, राष्ट्रिय जुनियर जेसिज संयोजक अभिनास थापा, भुतपूर्व अध्यक्ष प्रितेसराज दाहाल,पंकज सापकोटा लगायतले विराटनगर जुनियर जेसिसलाई शुभकामना व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top