मेयरको इँट्टा भट्टामा भारतीय नागरिकको गाँजा कारोवार

२८ कात्तिक ७५, बिहीबार

विराटनगर, कार्तिक २९
मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको इँटा भट्टा उद्योगमा गाजाको अवैध कारोवार हुने गरेको फेला परेको छ ।

Advertisement

रंगेली नगरपालिका ३ मा सञ्चालित उद्योगमा प्रहरीले लागू औषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेपछि उद्योगमा गाजाको कारोवार हुने गरेको खुल्न आएको हो ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले सञ्चालन गरेको आनन्द इँटा भट्टा उद्योगबाट प्रहरीले साढे दुई किलो गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

Advertisement

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार गाँजासहित भारत बंगाल कुसबिहार घर भएका ३० वर्षीय हेमन्त बर्मन पक्राउ परेका हुन् । उनी आनन्द इँटाभट्टामा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

उद्योगमा क्यान्टिनसमेत सञ्चालन गरिरहेका बर्मनले भारत र नेपालबाट गाँजा मगाएर भट्टामा कार्यरत मजदुरलाई महङ्गोमा बिक्री गर्ने गरेका थिए । प्रहरीका अनुसार बर्मनले प्रतिचिलिम ८० रुपैयाँका दरले मजदुरलाई बिक्री गर्ने गरेका थिए । सुनसरी मोरङका इँटा भट्टा उद्योगमा काम गर्ने ९० प्रतिशत भन्दाबढी मजदुर भारतीय छन् ।

Advertisement

इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सूचनाका आधारमा छापा मार्दा झोलामा प्याक गरी लुकाई राखेको लागू औषध साढे दुई केजी गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।

पक्राउ परेका बर्मनलाई जिल्ला अदालत मोरङबाट लागू औषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया उद्योगी हुन् । मेयर बगडीयाको भट्टामा काम गर्न ७ सय भन्दा बढी मजदुर भारतबाट आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top