उदयपुरकी बालिकाको बलात्कारपछि हत्या र प्रहरी अनुशन्धान

कात्तिक २४ गते बिहानको दिन । उदयपुरको रौतामाई गाउँपालिका वडा नं ३ लाफागाउँ । सबै जना आ—आफ्ना काममा व्यस्त थिए । शनिवारको दिनभएकाले स्कुले बालबालिकाहरु , कोही खेल्न त कोही घरको काममा बा—आमालाई सघाउन व्यस्त थिए । उज्यालो प्रकाश परेको सो गाँउका एक परिवारमा सदाका लागि अन्धकार छायो ।

कुरा हो १३ वर्षिया बालिका एल्जिना खड्काको । पछिल्लो समय नेपालमा बढ्दै गरेको घटनाा हो ,बलात्कार । खड्कापनि सोहि घटनाको शिकार भइन् अर्थात उनि बलात्कृत भइन् । तर बिडम्बना हाम्रो समाजमा बलात्कारीलाई उन्मुक्ति र पिडीतको हत्या हुने गरेको छ । एल्जिना खड्काको पनि त्यही भयो ।

हत्या । कात्तिक २४ गते बिहान शनिबारको दिनघर नजिकैको जंगलमा बाख्रा चराउन एल्जिना निस्कीइन् । समय मै घर फर्किने एल्जिना सो दिन अबेर सम्म घर आइनन् । साँझसम्म एल्जिना नफर्केपछि परिवार र गाउँलेले रातभर खोजी गरे ।

Advertisement

तरपनि फेला नपरेपछि भोलिपल्ट विहानैदेखि गाउँभरीका सवैले खोजी थाले । यता गाँउवासीले प्रहरीलाई समेत खबर गरिसकेको थियो । अपरान्ह १२ बजे सम्मखोज्दा समेत एल्जिना भेटिइनन् ।

एक्कासी एल्जिनाको घर नजिकैको जङगलबाट केहि व्यक्तीले “यहाँ छ एल्जिना!!यहाँ छ एल्जिना !! ” भन्दै चिच्याए । गाँउवासी उक्त ठाँउमा जाँदा घारीमा मृत अवस्थामा उनको शब फेला परेको थियो । त्यसपछि स्थानीयले तत्कालै जिल्ला प्रहरीलाई खबर गरे ।

Advertisement

खबर गरेको केहि समयमै घटण्ना स्थलमा डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा टोलि तमतयार भयो । प्रहरीको टोलीले तत्कालै घटनास्थललाई व्यापक अनुसन्धानका साथ सुरक्षित घेरामा राखे । भोलिपल्ट सोमबार । प्रकृतिमुचुल्का उठाए र प्रदेश प्रहरी धरानबाट झिकाइएको तालिमप्राप्त कुकुरसमेत लगेर अनुसन्धान भयो ।

भन्ने गरिन्छ कुकुरको नाम , अपराधी समात्नैका लागि हुन्छ भन्ने भनाई सत्य भयो र अनुसन्धानका साथ प्रकृति मुचुल्का उठाएको प्रहरीले मृतकको लाससहित संकास्पद पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरीमा पुर्यायो ।

सोही रात थप एक जनालाई नियन्त्रणमा लिई नियन्त्रणमा रहेको ६ जनासंग बयान तथा सोधपुछ जारी भयो । बयान, सोधपुछ तथा अनुसन्धानबाट चारजना निर्दोष देखिएसंगै ४ जनालाई जिल्लाप्रहरी प्रमुख एसपी चन्द्रदेव राईले छाडने निर्देशन दिए ।

अहिले प्रहरीले दुईजना घटनामा संलग्न रहेको पुष्टिका साथ कारवाही अगाडी बढाएको छ । मृतकको शब धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको ६ दिनपछि पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा संलग्न व्यक्तिहरुसहित घटनाको बारेमा जानकारी गराएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार घटनाको अनुसन्धान तथा लासको पोष्र्टमार्टमबाट बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखिएको छ । जघन्य घटना घटाउने गाउँकै १५ वर्षिय र १८ वर्षिय किशोर रहेको प्रहरीले जनाएको छ ।

बलात्कार हत्यामा संलग्न रहेकाहरु बालक रहेकाले प्रहरीले नाम भने सार्बजनिक गरेको छैन । हत्यामा संलग्न दुईमध्ये एकजना गाउँकै विद्यालयमा संगै पढ्ने साथी हुन् ।

अनुसन्धानबाट उनीहरुकै संलग्नता भएको र मृतकका बुवाले दुबैको नाममा किटानी जाहेरी दिएकाले उनीहरुलाई हिरासतमा राखीकानूनी कारवाहीकालागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सबैखाले प्रमाणहरु जुटेपछि जिल्लाप्रहरीले पत्रकार सम्मेलन गरी घटना र घटनामा संलग्न व्यक्तिहरु सार्बजनिक गरेको छ । देशैभर बढ्दो बालिका बलात्कार हत्या घटनालाई मध्यनजर गर्दै संवेदनशीलताका साथ तिब्र र गहिरो अनुसन्धानबाट घटनाका दोषी छिट्टै पक्राउ गर्न सकिएको जिल्ला प्रहरी प्रमुख एसपी राईले बताए ।

उनले अभिभावकहरुलाई यस्ता घटनाप्रति सचेत रहन र छोरी चेलीहरुलाई असुरक्षित ढंगले हिडडुल गर्न नदिन आग्रह गरेका छन् । मृतकको परिवारले दोषीलाई हदैसम्मको कारवाहीको माग गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top