एक किलोग्राम अब एक किलोग्राम रहेन

मंसिर ३ : वैज्ञानिकहरुले किलोग्रामको परिभाषा परिवर्तन गरेका छन् । परिवर्तन गरिएको नयाँ परिभाषालाई ५० वटाभन्दा बढी देशले समर्थन जनाइसकेका छन् । अहिले प्लाटिनमबाट बनेको एउटा सिलको वजनलाई किलोग्रामका रुपमा बुझ्ने गरिएको छ । जसलाई ‘ली ग्राण्ड के’ नामले चिनिन्छ ।

यस्तो एक सिल पश्चिमी पेरिसमा रहेको इन्टरनेसनल ब्यूरो अफ वेट्स एन्ड मेजर्स (बीआईपीएम) सँग सन १८८९ देखि रहेको छ । फ्रान्सको भर्साइल्समा ‘वेट एन्ड मेजर्स’ का सम्बन्धमा एक सम्मेलन गरिएको थियो । सम्मेलनमा कैयौं वैज्ञानिकहरु सहभागी थिए । सम्मेलनमा वैज्ञानिकहरुकालाई किलोग्रामको परिभाषा बदल्न भोटिङ गर्न आह्वान गरिएको थियो ।

Advertisement

वैज्ञानिकहरुले किलोग्रामलाई यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाको आधारमा परिभाषित गर्नुपर्ने मत राखेका थिए । यूकेको नेशनल फिजिकल ल्याबोरेट्रीका वैज्ञानिक पेर्डी विलियम्सले यसबारे भनेकी छिन ‘म यो प्रोजेक्टसँग जोडिएको छैन, म किलोग्रामको मापन मन पराउँछु । नयाँ तरिकाले निकै राम्रोसँग काम गर्नेछ । यो आफैंमा महत्वपूर्ण समय एउटा राम्रो कदम पनि हो ।’

कस्तो असर पर्छ ?
किलोग्रामको परिभाषामा परिवर्तन आए पनि मानिसहरुको दैनिक जीवनमा यसको कुनै प्रभाव नपर्ने बताइएको छ । तर, उद्योग र विज्ञानमा यसको व्यवहारिक प्रयोग हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मात्रक प्रणालीमा किलो सात बेसिक युनिट्समध्ये एक हो । तीमध्ये अन्य चार – किलो, एम्पिएर ,विद्युत प्रवाह केल्विन (ताप) र मोल (पार्टिकल नम्बर) ।

Advertisement

किलोग्राम अन्तिम एसआई बेस युनिट हो जुन अहिलेसम्म एक फिजीकल अब्जेक्टमा परिभाषित छ । ‘ली ग्रान्ड के’ लन्डनमा बनेको ९० प्रतिशत प्लेटिनम र दस प्रतिशत इरिडियमबाट बनेको ४ सेन्टीमिटरको एक सिलिन्डर हो । किलोग्राम र स्तर मापनका लागि संसारभरमा प्रोटोटाइपको उपयोग गरिन्छ । सामान्य जीवनमा यस खालको सामान्य परिवर्तन देखिँदैन । तर वैज्ञानिक गणनाहरुका लागि यो ठूलो समस्या हो ।

नयाँ किलोग्राम
भविष्यमा किलोग्रामलाई किब्बल वा वाट ब्यालेन्सको उपयोग गरेर नापिने छ । एउटा यस्तो उपकरण जसले यान्त्रिक र विद्युत चुम्बकीय ऊर्जाका उपयोग गरेर गणना गर्छ । यसपछि अब किलोग्रामको परिभाषा न परिवर्तन गर्न सकिने छ न यसबाट कुनै नोक्सान नै हुन्छ । यसले फ्रान्समा मात्रै होइन, संसारको कुनै पनि ठाउँमा वैज्ञानिकहरुलाई एक किलोको निश्चित माप उपलब्ध गराउँछ ।

यूकेको राष्ट्रिय मानक प्रयोगशालाका शोध निर्देशक थिओडोर जोनसेन भन्छन्, ‘वैज्ञानिक नापमा एसआईलाई पुनः परिभाषित गर्नु एक सम्झनलायक पल हो ।’ एक पटक लागू भएपछि सबै एसआई यूनिट ‘फन्डामेन्टल कन्स्टेन्ट’को प्रकृतिमा आधारित हुन्छ, जसको अर्थ सधैंका लागि तय हुन्छ र यसले अझै निश्चित माप गर्न सक्छ ।’

 

 

परिवर्तन के हुन्छ ?
नयाँ किलोग्राम मे २०१९ बाट कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । यो इलेक्ट्रन पम्पको माध्यमबाट गरिने छ जहाँ एकपटक प्रवाहित विद्युतबाट औसत करेन्ट उन्पन्न गर्छ र विद्युतको गणना गर्छ । केल्विन (तापमान यूनिट) लाई परिभाषित गर्न ध्वनिका लागि प्रयोग हुने थर्मोमिटरको प्रयोग गरिन्छ जसले एक निश्चित तापमानमा ग्यासबाट भरिएको क्षेत्रमा ध्वनिको गतिको माप लिन्छ ।

पदार्थको मात्राको मापनका लागि मोल ९पार्टीकल नंबर० एकाइको प्रयोग गरी यसलाई परिभाषित गरिनेछ । जसले शुद्ध ‘सिलिकन २८’ मा सही परमाणुको मात्रा निर्धारण गर्नेछ ।

–बीबीसीबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top