प्रदेश सभाका लागि ४६९ कर्मचारी: वार्षिक साढे २ अर्ब आवश्यक

६ पुस ७४, शुक्रबार

सातवटै प्रदेश सभा सञ्चालन गर्न कम्तीमा ४६९ जना कर्मचारी आवश्यक पर्ने देखिएको छ । संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतम संयोजकत्वको संघीय संसद् एवं सचिवालय र प्रदेश सभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार प्रत्येक प्रदेशमा ४७ स्थायी र २० करारका कर्मचारीको आवश्यकता पर्नेछ । आजको नयाँ पत्रिकामा कृष्ण कट्टेलले लेखेका छन् ।

अघिल्लो संसद् र सचिवालयको चालू खर्च र कायम कर्मचारीका आधारमा प्रतिवेदन तयार पारिएको प्रवक्ता गौतमले बताए । सोही प्रतिवेदन अध्ययन गरेर प्रदेश सभा सञ्चालनका लागि सचिवालय तयार हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले बताए ।

अर्थ मन्त्रालयका सहसचिव केवल भण्डारीले संघीय संसद् र प्रदेश सभा सञ्चालन गर्न लाग्ने अनुमानित खर्च तथा आवश्यक पर्ने कर्मचारीबारे अध्ययन प्रतिवेदनलाई आधार मानिने बताए । ‘प्रदेश सभा सञ्चालन गर्न के–कति कर्मचारी आवश्यक पर्छ भन्ने यसअघिका अध्ययन प्रतिवेदनलाई आधार बनाएर निष्कर्षमा पुगिन्छ,’ उनले भने ।

Advertisement

आवश्यक कर्मचारी :  ४७
प्रदेश सभा सचिव १, सचिवालय सचिव १, सहसचिव ३, उपसचिव वा सोसरह ७, शाखा अधिकृत वा सोसरह १२, नायब सुब्बा वा सोसरह १७, खरिदार वा सोसरह ६

करार २० जना : प्रदेश सभा सञ्चालनका लागि करारमा पनि करिब २० कर्मचारी राख्न सकिने अध्ययनले देखाएको छ । अध्ययन समिति संयोजक डा. गौतमले कार्यालय सहयोगी, प्लम्बर, माली, बगैँचे, कुचिकार, सरसफाइ, सवारीचालकलगायत पद करार सेवामा पूर्ति गर्न उपयुक्त हुने बताए ।

Advertisement

जम्मा खर्च : २ अर्ब ५५ करोड
प्रदेश सभा : २३ करोड ११ लाख ४२ हजार ८५८

प्रदेश सचिवालय : १३ करोड ३१ लाख ४२ हजार ८५८

७ वटा प्रदेश सभाको भवन, समिति कक्ष तथा प्रदेश सभा सचिवालय, पुस्तकालय र संसदीय दलका कार्यालयहरू निर्माणका लागि छुट्टै खर्च आवश्यक पर्ने देखिन्छ । स्थायी रूपको प्रदेश सभा भवन निर्माण नहुँदासम्म अन्य भवनमा प्रदेश सभा सञ्चालन गर्दा आधुनिक प्रविधियुक्त पूर्वाधारका लागि थप बजेट आवश्यक पर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top