सरकारको लोकप्रियता मापन गर्ने बेला भएकोे छैनः ईश्वर पोखरेल

११ मंसिर ७५, मंगलबार

विराटनगर, मंसिर ११
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापनगर्ने बेला भइ नसकेको बताएका छन् ।

Advertisement

विराटनगर विमानस्थलमा सोमबार साझ सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले सरकारले योजना बनाएर कामको शुरुवात गरिसकेकाले जनताले देख्नेगरि परिणाम छिट्टै आउने बताए । उनले वर्तमान सरकारले शुरु गरेको लोकप्रिय कामहरुको परिणाम जनताले अनुभूति गर्न पाउने बताए ।

सरकारको लोकप्रियता नघटेको वताउदै उनले योजनावद्ध कामको परिणाम आउन केहि समय लाग्ने बताए । फरक प्रसंगमा पोखरेलले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी विधान अनुसार नै संचालन भएको वताउदै तल्लो स्तरमा पार्टी एकीकरण सम्वन्धमा पार्टी सचिवालयले गृह कार्य गरिरहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top