रोमालाई हराउँदै रियल म्याड्रिड यूईएफए च्याम्पियन्स लिगको शीर्षस्थानमा

११ मंसिर ७५, बुधबार

एजेन्सी, मंसिर १२
जरी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–० ले पराजित गर्दै शिर्ष स्थानमा कब्जा जमाएको छ ।

Advertisement

रियल म्याड्रिडका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रियलले दोस्रो हाफको सुरुवातमै अग्रता बनाउन सफल भयो ।

Advertisement

खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरुवाती अग्रता दिलाए । यो उनको पछिल्लो पाँच च्याम्पियन्स लिग खेलमा पाँचौ गोल थियो । ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल गर्दै रियलको जित पक्का गरे ।

जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ । रोमा पनि दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ ।यस सफलतासँगै रियल लगातार १५ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

Advertisement

सन् २००३–०४ यता यस्तो सफलता हात पार्ने रियल एक्लो टोली हो । रोमाले पनि रियलविरुद्ध पछिल्लो चार खेलमा पराजित हुँदै कुनै गोल गर्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top