विराटनगर, मंसिर १३
सन २०१९ को साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने भएको छ । विराटनगर स्थित सहिद रंगशालामा महिला च्याम्पियनसिप हुने भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघ(साफ)को नोभेम्बर २७ मा ओमनको मस्कोमा भएको साफ राष्ट्रहरुको भेलाले अखिल नेपाल फुटबल संघ –एन्फा) को आयोजनामा विराटनगरमा सो प्रतियोगिता हुने निर्णय गरेको हो ।
प्रतियोगिता सन २०१९ मार्च १२ अर्थात फागुन २८ देखि चैत्र ८ गतेसम्म हुने एन्फाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्रतियोगितामा नेपालको राष्ट्रिय महिला फुटबल टिम, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी ७ राष्ट्रका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुनेछन ।
राष्ट्रिय महिला फुटबल टिम र यु– १९ राष्ट्रिय महिला टिमले हासिल गरेको उपलब्धिको परिप्रक्ष्यमा सो प्रतियोगिता आयोजना गर्दा महिला खेलाडीमा थप उर्जा मिल्ने एन्फाले विश्वास लिएको छ ।