एजेन्सी, मंसिर १५
अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । सन् १९८९ देखि १९९३ सम्म उनी अमेरिकाको राष्ट्रपति बनेका थिए ।
उनी अमेरिकाका ४१ औँ राष्ट्रपति थिए । त्यसअघि उनले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेका थिए । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उनको भूमिका महत्वपूर्ण छ । उनका छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए ।