×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

बोर्डोसँग बराबरी खेलेसँगै पीएसजीको लगातार जितको यात्रा टुंगियो

१७ मंसिर २०७५

एजेन्सी, मंसिर १७
फ्रान्सेली लिग वनमा पेरीस सेन्ट जर्मेन (पीएसजी)को लगातार जितको यात्रा टुङ्गिएको छ ।आइतबार बोर्डोको घरेलु मैदानमा सम्पन्न भएको खेलमा बोर्डोले पीएसजी लाई २–२ बराबरीमा रोकेपछि पीएसजीको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको हो ।

पीएसजीले पहिलो हाफको ३४ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ड्यानी आल्भेसको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई अगाडि बढाएका थिए । बलमा पकड बनाएपनि पीएसजीले आक्रमण बुन्न भने सकेन ।

Advertisement
Advertisement

दोस्रो हापको सुरुवातमा घरेलु टोली खेलमा फर्कियो । ५३ औं मिनेटमा यान कारमाओको पासमा जिमी ब्रायन्डले गोल गर्दै खेल बराबरीमा ल्याए । ६६ औं मिनेटमा पीएसजीले पुनस् अग्रता बनायो । जुलियन ड्राक्सलरको पासमा युवा स्टार किलियन एमबाप्पेले गोल गरे ।

खेलको ६ मिनेट समय बाँकी रहँदा बोर्डोले फेरि बराबरी गोल फर्कायो । म्याक्सिम पाउन्जेको पासमा आन्द्रिएस कर्नेलियसले गोल गरेपछि पीएसजी बराबरीमा आएको थियो । अन्तिम समयमा पीएसजीले जित्ने मौका पाएपनि फरवार्ड चुपो मोटिङले अवसरको सदुपयोग गर्न सकेनन् ।

नेयमार दोस्रो हाफमा चोट बोकेपछि मैदान छाडेर गएका थिए । उनको स्थानमा ५७ औं मिनेटमा चुपो मोटिङ आएका थिए । एमबाप्पलेलाई पनि खेलदौरान ह्यामस्ट्रिङको समस्या देखिएको थियो तर उनले पुरै समय खेले ।

Advertisement
Advertisement

यो सँगैे शत प्रतिशत जित यात्रा टुंग्याएको पीएसजीले अंक तालिकामा फराकिलो अन्तर कायम राखेको छ । १५ खेलमा १४ जित र १ बराबरसहित ४३ अंक जोडेको पीएसजी दोस्रो स्थानको मोन्टपेलेरभन्दा १४ अंक अगाडि छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top