बालयौन दुराचार गर्ने डच नागरिकलाई सात वर्ष कैद

१९ मंसिर ७५, बिहीबार

काठमाडौं : बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए ।

बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्धा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार पढाईमा सहयोग गर्ने बहानामा पिटले करिब तीन बर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए ।ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत असार २५ गतै पिटविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो ।,आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top