पाल्पामा आँखा शिविरबाट दुईसय १३ लाभान्वित

१० पुस ७४, मंगलबार

रामपुर, पाल्पा – पाल्पाको रामपुर नगरपालिका–१० रामटारमा सञ्चालन भएको एक दिने निःशुल्क आँखा शिविरबाट २१३ जना बिरामीले सेवा लिएका छन् ।

सोमबार भएको शिविरमा आँखा परीक्षण गराएकामध्ये छ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा रिफर गरिएको छ । अन्य बिरामीलाई आवश्यकताअनुसार निःशुल्क औषधि वितरण गरिएको किसनकुमार श्रेष्ठले बताए ।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजना र ज्ञानपुञ्ज युवा समाजको व्यवस्थापनमा शिविर चलेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top