Nepal Times
Nepal Times
3
Shares

सरकार अघि पार्टी एकता हुनुपर्छ : पोखरेल

सरकार अघि पार्टी एकता हुनुपर्छ : पोखरेल

किशोर विश्वकर्मा
विराटनगर, पुस ११

माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य गिरिराजमणि पोखरेलले सरकार निर्माण अघि एमाले र माओवादीबीच पार्टी एकता हुनुपर्ने बताएका छन् ।

वहालवाला विनाविभागीय मन्त्री समेत रहेका नेता पोखरेलले विराटनगरमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बकताएका हुन् । उनले पार्टीमा नमिलेको विचार र लाइनको विषयमा महाधिवेशनमा छलफल गर्ने गरी पार्टी एकता गर्नुपर्ने बताएका हुन् ।

पोखरेले उचित ढंगले पावर शेयरिङ गर्ने सहमति पछि मात्रै पार्टी एकता हुने बताए । उनले पार्टी एकता गर्नुपर्ने विषय प्रचण्ड र केपी ओलीको दिमाग मात्रै नभएर नेपाल र नेपालीको आवश्यकता भएको बताउँदै पराधिन अर्थतन्त्रको अन्त्य, स्वाधिनता र प्रगतिशित एजेण्डा कार्यान्यनका लागि बामपन्थी एकता आवश्यक भएको दाबी गरे ।

एक अर्को प्रसंगमा नेता पोखरेलले अहिलेकै प्रणालीमा अर्को पटक निर्वाचन लड्न नसकिने बताए । उनले चुनावमा मासु, पैसा, साडी बाँडेर निर्वाचन लड्नु गलत संस्कृति भएको बताउदै गरिबले पनि चुनाव लडेर जित्ने खालको व्यवस्था ल्याउनु आवश्यक रहेको बताए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने गरि संविधान संशोधन आवश्यक भएको बताउँदै महिला, मधेशी, आदिवासी जनजाति लगायतको समस्या सम्बोधनका निम्त पनि संविधान संशोधन आवश्यक भएको बताए ।

वर्तमान सरकार कामचलाउ भएका कारण महत्वपूर्ण निर्णय गर्दा सहमतिका आधारमा मात्रै गर्नुपर्ने बताउँदै पोखरेलले सरकार एकलौटी ढंगले अगाडि बढ्न खोजेको बताए । उनले नयाँ जनमत आइसकेपछि प्रधानमन्त्री देउवाले राजिनामा नदिएर राजनीति र नैतिकतालाई बिर्सिएको दावी गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.