किपर बनेर कुकुरले जोगायो गोलहुनबाट………….(भिडियो)

२० मंसिर ७५, शुक्रबार

एजेन्सी, मंसिर २१
मैदानमा फुटबल चलिरहेकै बेला गोल हुन आँटेको बललाई किपर बनेर कुकुरले गोल हुनबाट जोगाएको भन्ने सुन्दा विश्वास नलाग्न सक्छ । तर, अर्जेन्टिनाको घरेलु लिगमा यस्तै एउटा अनौठो घटना भएको छ ।

अर्जेन्टिनाको तेस्रो डिभिजनको लिग फुटबल अन्तरगत जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको थियो ।

डेफेन्सोरेसका किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई दिएको पास जुभेन्टुडका फरवार्डले खोस्दै बललाई पोष्टतर्फ प्रहार गर्छन् ।किपर निकै अगाडि रहेकाले हुदा पोष्ट खाली थियो । बल गोलमा परिणत हुने निश्चित देखेर जुभेन्टुडका खेलाडी ढुक्क हुन्छन् तर यसपछि भने अचम्मको घटना हुन पुग्छ ।

Advertisement

जुभेन्टुका फरवार्डले प्रहार गरेको त्यो बल गोल लाइन नजिकैबाट एक्कासी दौडिदै आएको कुकुरलाई लागेर बाहिरिन्छ । यो वास्तविक घटना देखेर सबै छक्क पर्छन् । तर, यो खेलमा जित भने जुभेनटुड कै भएको छ ।

https://youtu.be/AJ6EUXeAyQQ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top