प्रदीपका काका भन्छन्, ‘दोषी भए कारबाही होस्, तर दिलीपसिंह विष्टलाई जस्तै अन्याय नहोस्’

२१ मंसिर ७५, शुक्रबार
Share this
745shares

भीमदत्त नगरपालिका–१८ भगतपुरमा पुरानो कच्ची घर छ । जहाँ प्रदीप रावल एक्लै बस्छन् । विपन्न परिवारका उनले स्थानीय बैजनाथ माध्यमिक विद्यालयमा ९ कक्षा पढ्दापढ्दै चार वर्षअघि अध्ययन छाडेका थिए । बुबा टेकबहादुर र आमा राधादेवी रोजगारीको सिलसिलामा बेंग्लोरमा छन् ।

Advertisement

एउटी बहिनीलाई काका बलबहादुरले पालनपोषण गरेका छन् । महेन्द्रनगर बजारमा व्यवसाय गर्दै आएका उनले भने, ‘प्रदीपलाई पनि राम्रोसँग पढ्ने भए पढाइदिन्छु भनेको थिएँ, तर उसले साथीसंगतको लहलहैमा पढाइ छाड्यो ।’ निर्मला पन्तको हत्या आशंकामा काठमाडौंमा पक्राउ परेका युवक प्रदीप लागुऔषध दुर्व्यसनी हुन् ।

उनी चोरी र डकैतीमा संलग्न रहेको स्थानीय बताउँछन् । तर, निर्मला प्रकरणमा उनी दोषी छन् कि छैनन् भन्ने अनुसन्धानकै विषय छ ।निर्मलाको हत्या भएको स्थानभन्दा ६ सय मिटर पश्चिमतर्फको पाले चौधरीको मासुपसलबाट पैसा, ग्यास र कुखुरा चोरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको एक स्थानीयले बताए ।

Advertisement

सोही आरोपमा पक्राउ परेका विशाल चौधरी पनि निर्मला प्रकरणमा पक्राउ परेका छन् । पाले चौधरीको पसल निर्मलाकी साथी रोशनी बमको घरनजिकै पर्छ ।

काका बलबहादुर भन्छन्, ‘निर्मला हत्याकाण्डमा दोषी भए उसले सजाय भोग्नुपर्छ । तर, दिलीप विष्टलाई झैँ फसाउन मात्रै खोजिएको भए गरिबमाथि अन्याय हुन्छ । सरकारले त्यस्तो नगरोस् ।’,यो खबर आजको नयाँ पत्रिकामा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top