×

NEPAL TIMES UPDATES

Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026

दूधकोशीबाट पानी तान्ने योजना

११ पुष २०७४

काठमाडौँ, पुस ११
खोटाङबाट नवनिर्वाचित सभासद्ले राजनीतिक विषय समाप्त भइसकेकाले अब आफूहरु खोटाङको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यहाँ आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले आफ्नो जिल्ला भौगोलिक रुपमा विकट तथा पूर्वाधारमा पछाडि परेकाले त्यसको विकासका लागि आफूहरु निरन्तर लाग्ने बताए ।

Advertisement
Advertisement

प्रदेश सभा(क) का सभासद् राजन राईले आफ्नो प्रदेशसभाको विधिविधान निर्माण र विकास निर्माण नै प्रमुख कार्यसूची हुने बताउँदै हलेसी पर्यटकीय क्षेत्रको विकास गर्नेतर्फ आफूहरु केन्द्रित हुने जानकारी दिए ।

प्रदेशसभा (ख) का सभासद् रामकुमार पासाङले संविधानमा मुलुक समाजवादउन्मुख भनेर स्पष्ट व्यवस्था गरिएकाले आफूहरु संविधानअनुसार आर्थिक क्रान्तितिर लाग्ने बताए ।

नवनिर्वाचित सभासद्ले दूधकोशी नदीबाट पानी तानेर माथि पुर्याउने, तापखोलाको किनारैकिनार हुँदै जयरामघाटसम्म बाटो निर्माण गर्ने, केपी–प्रचण्ड लोकमार्ग र प्रचण्ड लोकमार्ग निर्माण गर्ने तथा १५ शय्याको अस्पताल निर्माण गर्ने योजना पनि अघि सारेका छन् ।

त्यस्तै मध्यपहाडी राजमार्गलाई चार लेन बनाउने तथा सकभर खोटाङलाई राजधानी बनाउनुपर्ने आफ्नो माग भए पनि सहमतिका लागि धनकुटालाई राजधानी बनाउन आफूहरु सकारात्मक भएको उनीहरुको भनाइ थियो ।

Advertisement
Advertisement

नेपालका विकट जिल्लामध्येमा पर्ने खोटाङमा प्रसिद्ध हलेसी महादेव छ । जिल्लामा गत वर्ष १.२९ प्रतिशत बजेट छुट्याइएको थियो । जिल्लाबाट वर्षेनी रु एक अर्ब बराबरको अलैँची निर्यात हुन्छ । लामीडाँडामा पानी नपुगेका कारण त्यहाँका ५०० घरधुरीमध्ये ३०० घरधुरी पानीकै कारण बसाइँ सर्ने गर्छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top