दुई नम्वर प्रदेशको राजधानी कहाँ बन्ला ?

११ पुस ७४, बुधबार

बारा, पुष १२
अहिले मुलुकका ७ वटै प्रदेशमा राजधानी कहाँ बनाउने भन्ने विषयमा बहस पैरवी हरु चलिरहेका छन् । सोही मेसो मा दुई नम्वर प्रदेशको राजधानी कहाँ बनाउने भन्ने कुराले पनि अहिले निकै नैं चर्चा चलिरहेको छ । नौं हजार ६ सय ६१ वर्ग किलोमिटरमा फैलिएको २ नंवर प्रदेशमा ५४ लाख जनसंख्या रहेको छ ।

यो प्रदेशमा आठ वटा जिल्लाहरु बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी रहेका छन् । सामाजिक विविधता र जनसंख्याको घनत्व अधिक रहेपनि मानव विकास सूचकका आधारमा दुई नम्बर प्रदेश निकै तल छ । यस प्रदेशमा रहेका जनताको प्रति व्यक्ति आम्दानी नौं सय ६७ डलर छ । यो अन्य प्रदेशको तुलनमा न्यून नै हो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, आम्दानी लगायतका क्षेत्रमा यो प्रदेश कमजोर छ । शिशु मृत्यू दर सबै भन्दा उच्च छ भने जन्म दर पनि सबै भन्दा बढी भएको यही प्रदेश हो । साक्षारता प्रतिशत पनि कम छ । मुलुकको कृषि तथा पशु क्षेत्रको उत्पादनमा दुई नम्बर प्रदेशको योगदान १३ प्रतिशत रहेको छ । यस प्रदेशमा ४७ दशमलव ९ प्रतिशत गरिबी रहेको सिमरा कलेज बाराका प्राध्यापक केदार विसुराल बताउछन् ।

Advertisement

प्राकृतिक स्रोत साधनमा कमि भएपनि आफ्नैं खुट्टामा उभिन सक्ने प्रदेशको रुपमा चिनिन्छ २ नं. प्रदेशलाई । विरगञ्ज र जनकपुर जस्ता आर्थिक, सांस्कृतिक र ऐतिहासिक महत्वका केन्द्र यही प्रदेशमा छन् । नेपाल कै एक मात्र रेल सेवा पनि यही प्रदेशको जनकपुरमा छ । यद्यपी हाल यो सेवा बन्द अवस्थामा छ । यो प्रदेश चार वटा विमान स्थलले जोडिएको छ । राजधानी जोड्ने मुलुक कै छोटो काठमाडौं–निजगढ दु्रत मार्ग र बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल पनि यही प्रदेशमा रहेको बकुलिया क्याम्पस जितपुर बाराका प्राध्यापक कालिकाप्रसाद ढकाल बताउछन् ।
यो प्रदेशमा पर्यटनको आधार पनि बलियो छ ।

धार्मिक पर्यटनको रुपमा पनि यो प्रदेश बलियो देखिन्छ । बाराको बरियारपुरस्थित विश्व प्रशिद्ध गढीमाई मन्दिर र जनकपुरको जानकी मन्दिर जस्ता प्रशिद्ध धार्मिक स्थल सोही प्रदेशमा पर्दछन् । मुलुककै आर्थिक केन्द्र विरगञ्ज–पथलैया औद्योगिक करिडोर यहीँ छ । जहाँ हजार भन्दा बढी उद्योगहरु सञ्चालनमा रहेका छन् । मुलुकको आर्थिक केन्द्र बिरगञ्ज भन्सार समेत सोही प्रदेशमा पर्दछ ।

Advertisement

काठमाण्डौं–निजगढ दु्रत मार्ग, निजगढ अन्तराष्ट्रिय विमान स्थल, आर्थिक विकास क्षेत्र (सेज), रेल मार्ग लगायतले दुई नम्बर प्रदेशलाई सवल एवंम् सक्षम प्रदेशका रुपमा स्थापित गराउन सक्ने आधारहरु बलियो छ । यद्यपी त्यसको उपयोग कसरी हुन्छ , भविश्य त्यसैमा निर्भर रहने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top