सप्तरी, पुस १२
गत साउन महिनामा आएको बाढीका कारण पीडित बन्न पुगेका सप्तरीका बालबालिकाहरुलाई आज एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग प्रदान गरिएको छ ।
गत साउन २७ गतेको बाढिले घरवारविहिन भई कष्टकर जीवन विताउन बाध्य बाढिपीडित परिवारका १ सय जना बालबालिकालाई एक कार्यक्रम विच राहत स्वरुप ५÷५ हजारका दरले नगद सहयोग वितरण गरिएको हो ।
बाढिबाट धेरै प्रभावित तिलाठी–कोइलाडी, तिरहुत, हनुमाननगर, भारदह लगायतका स्थानका बाढीपीडित गरीब असहाय परिवारका १ सय जना बालबालिकाको खोजीगरी नगद सहयोग वितरण गरिएको छ ।
बालअधिकार तथा वातावरण समाज नेपाल (क्रेस नेपाल) ले युनिसेफको सहयोग तथा महिला तथा बालबालिका कार्यालयको समन्वयमा बाढीपीडित परिवारलाई नगद सहयोग गरेको क्रेस नेपालका अध्यक्ष उपेन्द्र साहले जानकारी दिए ।