मेलम्चीका ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत गर्ने सरकारको निर्णय

५ पुस ७५, शुक्रबार

काठमाडौं,पुस ६

सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको ठेकेदार कम्पनी सीएमसीको धरौटी जफत गर्ने भएको छ । सीएमसीले गरेकाे सम्झाैता र यसअघिकाे प्रतिवद्धताअनुरुप काम नगरी भाग्न खाेजेपछि सरकारले त्यस्ताे निर्णय लिएकाे हाे । विहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले बोलाएको छलफलमा खानेपानीमन्त्री बिना मगरले उक्त जानकारी दिएकी हुन् ।

सीएमसीकाे ‘पर्फमेन्स सेक्युरिटिज’ बापत नेपाल इन्भेष्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल ३८ कराेड र धरौटी बापत २ अर्ब ५० करोड रुपैंया गरि सीएमसीकाे कुल २ अर्ब ८८ कराेड रुपैंया नेपालमा छ ।

Advertisement

मेलम्ची आयाेजना पूर्ण रुपमा सम्पन्न हुन अब ठेकेदार कम्पनीले २ अर्ब ६० करोड रकम खर्चनुपर्ने बताइएकाे छ । सीएमसीलाई सरकारले हालसम्म ८ अर्ब ३० करोड भुक्तानी दिइसकेको छ ।

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले जफत भए पनि सीएमसीले नै काम गरेकाे अवस्थामा उसैलार्इ काम गर्न दिने र उसले काम नगरे आफैं बनाउने तयारी गरिएकाे बताए । सरकारले सीएमसीलार्इ अब ३८ कराेड रुपैंया मात्र भुक्तानी गर्न बाँकी छ, त्यसमध्ये १५ कराेडकाे बिल आइसकेकाे सचिव ठाकुरले जानकारी दिए । ठेकेदार कम्पनीले काम नगरे पनि उसलार्इ तिर्न बाँकी रकम, धराैटी र फर्फमेन्स सेक्युरिटीज रकमले बाँकी काम निर्माण सम्पन्न गर्न सम्भव देखिएकाे छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top