रेल सञ्चालनको तयारी

विराटनगर : नेपालमा भारतको विहार प्रान्तबाट दुई स्थानमा रेल आउने भएको छ । जयनगरदेखि जनकपुरसम्म र बथनाहदेखि नेपालतर्फको मोरङ कटहरीसम्म रेल आउन लागेको हो ।

आधुनिक प्रविधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भईरहँदा नेपालमा भने भारतबाट पहिलो आधुनिक रेल आउन लागेको हो । जनकपुरबाट जयनगरसम्मको ३४ किलोमिटर रेलमार्गमा नयाँ आधुनिक रेल गुड्ने छ ।

यता निर्माणाधिन विराटनगर बथनाह रेल्वे लिकमा रेलको इञ्जिन परीक्षण गरिएको छ । भारततर्फको पाँच र नेपालतर्फको १३ किलोमिटरसम्म आउने रेल सञ्चालनमा आएपछि नेपाल र भारतका ब्यापार विशेष सहयोग पुग्ने छ ।

Advertisement

जनकपुर जयनगर चल्ने रेल नेपालको आफ्नै हो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top