दक्षिणकालीमा बन्दैछ ६ सय रोपनीको फुटवेयर जोन, १७० जुत्ता उद्योग एकै थलोमा

१३ पुस ७५, शनिबार

काठमाडौं,पुस १४

काठमाडौंको दक्षिणकालीमा ६ सय रोपनी क्षेत्रफलमा फैलिएको बिशाल फुटवेयर जोन निर्माण हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसियसन र उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयको अगुवाईमा जुत्ता चप्पल उद्योग मात्रै रहने फुटवेयर जोन निर्माणको काम अघि बढेको हो ।

फुटवेयर जोन निर्माणका लागि एसोसियसनले दक्षिणकाली नगरपालिकामा ६ सय रोपनी जमिन खरिद गरिसकेको छ । पुस महिनाभित्रै फुटवेयर जोनको शिलान्यस हुने एसोसियसनका पुर्व अध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिए । ‘यहि महिना शिलान्यस गरेर डोजर चलाउन सुरु गर्छाै, सरकारले पूर्वाधार बनाईदिन्छ, हामी उद्योग खोल्छौं’, श्रेष्ठले भने । आगामी ३ बर्षभित्र काठमाडौं उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योगहरु फुटवेयर जोनमा सर्नेछन् ।

जोनमा १७० वटा उद्योग स्थापना हुनेछ जसमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना हुनेछन् । जग्गा खरिदको काम सम्पन्न भैसकेको श्रेष्ठले जानकारी दिए ।

तत्कालिन उद्योग मन्त्री महेश बस्नेतको योजनामा फुटवेयर जोनको अवधारणा अघि बढेको थियो । त्यसलाई नविन्द्रराज जोशी र सुनिल बहादुर थापाले समेत अपनत्व लिएर अघि बढाएका थिए । फुटवेयर जोनका लागि सरकारले बहुवर्षिय योजनामा राखेर बजेट विनियोजन गरिरहेको छ । फुटवेयर जोन स्थापनाका लागि एक सय भन्दा बढी जुत्ता चप्पल उद्योगी सहभागी भएका छन् । दक्षिणकालीको फुटवेयर जोन हटौँडापछिको दोश्रो उद्योग ग्राम हुनेछ । (विकास न्युजबाट)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top