राष्ट्रसेवक सहकारीले झमक कुमारी घिमिरेलेलाई पुरस्कृत गर्ने

१३ पुस ७५, शनिबार

विराटनगर,पुष १३
राष्ट्रसेवक बहुमुखि सहकारी संस्था लि. विराटनगरले झमक कुमारी घिमिरेलेलाई पुरस्कृत गर्ने भएको छ ।घिमिरेलाई भोली(पुस १४ गते) हुने साधारणसभामा १६ हजार १ सय ११ रुपैँया पुरस्कार राशीबाट पुरस्कृत गरिने संस्थाले आज विराटनगरस्थित आफ्नो कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।संस्थाले सो अवसर विभिन्न विधाका अन्य ब्यक्तिलाई पनि सम्मान गर्ने जनाएको छ ।

सो सहकारी संस्थाले निजामती कर्मचारीहरुको ट्रेड युनियनको रुपमा रही बचत तथा ऋण कारोबारलगायत समुदायप्रति लक्षित विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । वि.सं २०५४ सालमा स्थापना भएको सो राष्ट्रसेवक बहुमुखि सहकारी संस्थाका ६२ जना संस्थापक सदस्य तथा १५५७ जना शेयर सदस्यहरु रहेका छन् ।

गत आर्थिक वर्ष २०७४÷०७५ मा ३३ करोड १ लाख ६८ हजार कुल कारोबार गरेको सो संस्थाले १८ लाख ८५ हजार राजश्वमा योगदान गरेको राष्ट्रसेवक बहुमुखि सहकारी संस्था लि. विराटनगरका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए ।संस्थाले गत वर्षमा १८ करोड ४१ लाख ३५ हजार रुपैँया लगानी गरेको जनाएको छ ।

संस्थाले १ जना शेयर सदस्यहरुलाई ६ देखि १० प्रतिशत ब्याजदरमा अधिकतम ३० लाख सम्म लगानी गर्दै आईरहेको तथा शेयर सदस्यहरुलाई विभिन्न सेवा प्रदायक संस्थाहरुसँग साझेदार गरी उपचार तथा किनमेलमा छुट उपलब्ध गराउँदै आईरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संस्थाले समुदायप्रति चासो कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक आवास योजनाको सम्भावना अध्ययन, वार्षिक रुपमा खुल्ला कविता प्रतियोगिता,मासिक रुपमा साहित्य सिर्जना र सम्वाद, बाल क्षमता विकास र रक्तदान कार्यक्रम, लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै आएको तथा वार्षिक रुपमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको अध्यक्ष काफ्लले जानकारी दिए ।

निजामती कर्मचारीहरुको सहकारीको रुपमा रहेको सो संस्थाले सहुलियतमा ग्याँस कारोबार पनि गर्दै आईरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top