×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

प्रदेश १ मा विश्वविद्यालय स्थापना गर्न सुझाव सङ्कलन

१३ पुष २०७५

बनियानी,पुस १३

प्रदेश नं १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु गरिएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापना गर्न गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले बिहीबारदेखि झापाबाट अध्ययन शुरु गरेको हो ।

Advertisement
Advertisement

कार्यदलले बिहीबार झापाको विर्तामोडमा अन्तक्र्रियाको आयोजना गरी यहाँका विभिन्न राजनीतिक दलका नेतृत्व, सांसद, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधि, प्राध्यापक, विद्यार्थी सङ्गठन तथा स्ववियूको प्रतिनिधित्वमा दृष्टिकोण सङ्कलन गरेको छ ।

कार्यदलका संयोजक प्रा.डा.महेशराज दाहालले विश्वविद्यालय स्थापना गर्न सरोकारवाला पक्षसँग परामर्श गरी सुझाव सङ्कलन गरिने बताए । ‘प्राप्त सुझावका आधारमा विश्वविद्यालय स्थापनाको काम अघि बढाइनेछ’, उनले भने, ‘झापाबाट अध्ययन शुरु गरेका छौँ, अन्य जिल्लामा पनि छलफल गरिनेछ ।’

कार्यदल सदस्य उमानाथ ओलीले हाल सञ्चालनमा रहेका विश्वविद्यालय, तिनका आङ्गिक वा सम्बन्धनप्राप्त कलेजको अध्ययन अध्यापनको शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको महसुस गरेर नयाँ खुल्ने विश्वविद्यालयको समग्र विषय वस्तुबारे जानकारी लिइने बताए ।

छलफलमा सहभागीबाट विश्वविद्यालयको आवश्यकता, उपयुक्त मापदण्ड र ढाँचा, विश्वविद्यालय रहने स्थान, सङ्गठनात्मकस्वरुप, सङ्काय, अध्ययन संस्थान एवं वित्तीय पक्षका बारेमा सुझाव मागिएको थियोे ।

छलफलमा पूर्वसंस्कृतिमन्त्री खगेन्द्र प्रसाईं, प्रदेशसभा सदस्य वसन्त बानियाँ, हीरा थापा, जसमाया गजमेर, झलकसिंह दर्लामी, पूर्णसिंह राजवंशी, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुरका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सल्लाह सुझाव दिएका थिए ।

Advertisement

कार्यदलमा प्रा डा दाहालसहित डा देवी क्षेत्री दुलाल, पितकुमार श्रेष्ठ, उमानाथ ओली, उमानाथ रिजाल, रुपेश खतिवडा, उद्धव शर्मा, रमेश रोका सदस्य रहेका छन् भने सदस्य सचिवमा सूर्य सुवेदी रहेका छन ।रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top