मनाङमा निरन्तर हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस पुग्यो

काठमाडौँ, पुस १३
चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ भने तापक्रम घटेर माइनस २० डिग्री सेल्सियस पुगेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङ गाउँलगायत ठाउँमा बाक्लो हिउँ जमेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखिदा हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरीसहित हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।

विहिबार दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ । झन्डै १८ धण्टा निरन्तर हिमपात पछि अहिले भने हिमपात रोकिएको छ । जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ ।

काठमाडौँको तापक्रम पनि अहिलेसम्मकै न्युन विन्दुमा
काठमाडौँको तापक्रम अहिलेसम्म यस वर्षकै सबैभन्दा न्युन विन्दुमा झरेको छ । आज बिहान मापन भएको काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार यो अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको भएको हो ।

गत बुधबार काठमाडौँको न्युनतम तापक्रम १ दशमलब ५ डिग्री सेल्सियस रहेको थियो । हिजो तापक्रम बढेर न्युनतम ५ दशमलब ५ डिग्री सेल्सियस पुगेको थियो । आज फेरि तापक्रम घटेको हो ।

आज काठमाडौंको अधिकतम तापक्रम भने १५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । फेरि शनिबार काठमाडौंको तापक्रम न्युनतम माइनस २ डिग्रीसम्म झर्ने अनुमान गरिएको छ । काठमाडौँमा हावाको दिशा परिवर्तन हुँदा तापक्रम घट्दै गएको बताइएको छ ।

केही वर्षअघिसम्म पश्चिम दिशाको हावा मात्रै उपत्यकामा प्रवेश हुने गरेकोमा अहिले उत्तररपश्चिमी दिशा भएर हावा बहने गरेको छ । उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुने मौसमविद् बताउँछन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top