महेन्द्र मोरङ क्याम्पसमा ‘मञ्च एक प्रतिभा अनेक’

१३ पुस ७५, शनिबार

विराटनगर,पुस १३
विराट आदर्श साहित्यिक मञ्चको आयोजनामा आज विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा ‘मञ्च एक प्रतिभा अनेक’ कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement

विद्यार्थीहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा महेन्द्र मोरङ र भानु कलेजका विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लकेश राई, विवेक आचार्य, सुदीपजंग कार्की, लक्ष्मी दंगाल, विवश राई, शशांक सुवेदी, सविना श्रेष्ठ, छविलाल भण्डारीलगायतका विद्यार्थीले कविता, मुक्तक, गीत, गजलसहित क्यारिकेचर प्रस्तुत गरेका थिए ।

Advertisement

चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार सरिता तुलाधर, भानु कलेजका निर्देशक आरसी कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चले बेलाबेला स्रष्टा सम्मानसहित कविता वाचन गर्दै आएको छ । मञ्चले यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन र परशु प्रधानको छिडिभरिको आकाश नाटक मञ्चन गरिसकेको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top