एजेन्सी, पुस २०
अमेरिकाको फ्लोरिडाको राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्यांकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
उनीहरूमध्ये केही गम्भीर रहेको बताइएको छ । ठक्करपछि ट्यांकरले बोकेको ५० ग्यालिन इन्धन सडकमा पोखिएको थियो । उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगोसमेत लागेको थियो ।
आगलागीका कारण सडकमा समेत क्षति पुगेको छ। फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको बताएका छन् ।
