गाई गोठमा आगलागी : ३ लाखको क्षति

२० पुस ७५, शनिबार

खोटाङ, पुस २१
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ फुलबारी टोलमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।

Advertisement

शुक्रबार दिउँसो पौने २ बजेको समयमा सोही स्थान बस्ने केशव आचार्यको गाई गोठमा आगलागी हुँदा ढुंगा माटोले बनेको बाँसको चित्राको छानो भएको गोठमा अचानक आगलागी भएको थियो । आगलागीबाट गोठमा भएको काठपात, पराल र गोठमा बाधेको २ वटा चौपाया जलेर नष्ट भएका छन् ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको छ भने आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top