विराटनगरको महेन्द्र चौकबाट लागूऔषध सहित महिला पक्राउ

२० पुस ७५, शनिबार

विराटनगर, पुस २१

Advertisement

मोरङको विराटनगर महानगरपालिका–९ महेन्द्र चौकबाट प्रहरीले शुक्रबार लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ ।

लागूऔषध डाईलेक्स डि.सी. अढाई लिटर, डाईजेल्याब, नुफिन र फेनारगन १५० एम्पुल सहित मोरङ धनपालथान गाउँपालिका–६ घर भई हाल बिराटनगर महानगरपालिका–९ बस्ने ३५ वर्षीया मीना राम लाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले अपरान्ह ४ बजेको समयमा बोतलबाट खाने तेलको ग्यालेनमा भरेर राखेको र कागजमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको हो ।

लागूऔषध सहित पक्राउ परेकी रामलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top