वाइवडी प्रकरणमा संसदीय समिति अनिर्णित, उपसमितिको प्रतिवेदन त्रुटीपूर्ण

काठमाडौं : नेपाल वायुसेवा निगमले ल्याएको २ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रटाचार भएको भन्ने संसदीय उपसमितिको प्रतिवेदन त्रुटीपुर्ण पाइएको छ ।,राजधानी दैनिकमा खबर छापिएकाे छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिवेदनमा त्रुटी भएको निष्कर्ष निकाल्दै त्यसलाई सच्याएर छलफलमा ल्याउने भएको छ ।‘समितिले आइतबारसम्ममा विमान खरिद प्रकृयामा संलग्न निकायहरुसंग छलफल र विज्ञहरुसंगको परामर्श गरेर प्रतिवेदनमा भएका त्रुटीहरु सच्याएर तयार पार्न कर्मचारीलाई निर्देशन दिएको छ,’ लेखा समिति सचिव डा रोजनाथ पाण्डेले भने, ‘हामीले सरोकारवाला निकायहरुसंग छलफल गरेर आइतबारसम्म प्रतिवेदन सच्याएर पेश गर्नेछौं ।’

गल्ति नै नगरेका व्यक्तिहरु पनि उपसमितिको प्रतिवेदनमा परेको भन्दै सांसदहरुले सच्याउन आग्रह गरेपछि त्यसमा भएको त्रुटी सच्याउने काम शुरु भएको सचिव पाण्डेले जानकारी दिए ।समितिको शुक्रबार वसेको बैठकमा वाइडबडीमा व्यापक अनियमितिता भएको भन्दै छानविनका लागि नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा गठिन उपसमितिले पेश गरेको प्रतिवेदनमा छलफल भएको थियो ।

Advertisement

उपसमितिले १५ दिनसम्म अध्ययन गरेर बुधबार लेखा समितिलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको बैठकमा राजनीतिक पूर्वाग्रहका आधारमा प्रतिवेदन आएको भन्दै नेकपाका सांसदहरुले प्रतिवेदन माथि आशंका व्यक्त गरेका थिए ।
शंका उब्जिएपछि प्रतिवेदनमाथि थप अध्ययन तथा छलफलका लागि सोमबार बैठक बोलाइएको छ । समितिका अधिकांश सांसदले प्रतिवेदनमा लेखिएका शब्दप्रति असन्तुष्टी व्यक्त गरेका छन् । एउटै प्रकरणमा सबैलाई समान व्यवहार गर्नपर्ने सांसदहरुको माग थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top