वाइडबडीका भष्ट्रचारीलाई छाडिन्नः देउवा

विराटनगर,पुस२१
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्रचार गर्ने जो सुकै भएपनि कांग्रेसले नछाड्ने दाबी गरेका छन । उनले सरकारले वाइडबडी विमान खरिद प्रकरणमा घोटला भएको आशंका भएकाले तल्लो तहको देखि उपल्लो तहका जो सुकै भएपनि देशको पैसा लुटनेलाई कांग्रेसले नछाने बताएका हुन् ।

नेपाल राष्ट्रिय मगर संघको आयोजना शनिबार मोरङ्गको लेटाङ्गमा आयोजित एक नं प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भष्ट्रचार भएको आशंका जाहेज भएको भन्दै आफनो पार्टी प्रतिपक्षमा रहेपनि कांग्रेसले यो प्रकरणमा संलग्न कसैलाई नछाडने र देशको पैसा लुटन नदिने बताएका हुन्। सभापति देउवाले सरकारले वाइडबडी विमान खरिद प्रकरणको छानविन गर्न कमिटि बनाएर लुकाउन खोजेको हो कि बचाउन खोजेको भनेर शंका उत्पन्न भएको पनि जानकारी दिए ।

Advertisement

उनले ओली सरकारले शान्ति सुरक्षा समेत जनतालाई दिन नसकेको बताए ।उनले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तको हत्यारा जोगाउने काम स्वंय सरकाबाट भएको आरोप समेत लगाए । पूर्व प्रधानमन्त्री देउवाले ओलीको सरकारले कर थोपरेर तिर्न नसक्ने अबस्थामा उद्योगी व्यवसायी पुगेकोे बताए ।

Advertisement

उनले ओलीको सरकारले कर थुपार्ने काम मात्र गरेकाले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नाम आफुले करप्रसार ओली राखेको पनि जानकारी दिए । सरकारले कर थोपरेको कारण उद्योग व्यवसाय धरासायी भएको भन्दै यस्तो अबस्थामा कसरी आर्थिक समृद्धी हुन्छ भनी सरकारलाई प्रतिप्रश्न समेत देउवाले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top