पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह विमोचन

२० पुस ७५, शनिबार

विराटनगर, पुस २१
मुक्तककार बाबुराम पोखरेलको ‘शब्दचित्र’ मुक्तकसंग्रह शनिबार विराटनगरमा विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार रत्नशमशेर थापा, मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने, प्राज्ञ विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार विष्णुबहादुर सिंहलगायतले संयुक्त रुपमा संग्रहको विमोचन गरे ।

विमोचित संग्रहमा समसामयिक विषयमा लेखिएका १ स ८८ वटा मुक्तक संग्रहित छन् । प्राज्ञ विवश पोखरेल र प्राध्यापक डाक्टर टंक न्यौपानेले विमोचित संग्रहका विषयमा समीक्षात्मक टिप्पणी गरेका थिए । त्यस्तै प्रदेश १ का ११ जना मुक्तकहरूको मुक्तक वाचन पनि कार्यक्रममा राखिएको थियो । कार्यक्रममा सोलुका मेरुदण्ड राई, उदयपुरका माधव गोज्याङ्ग्रे, सिर्जना सरोवर, मोरङका भूषण ढुंगेल, उमेश लुइँटेल, कविता केसरी, चूडामणि नेपाल ‘अकिञ्चन’, हरि कट्टेल, उमेश लुइँटेल, झापाका विष्णु कार्की, भोजपुरकी विनिता दाहाल र सुनसरीकी रीता ताम्राकारले आफ्ना चार–चारवटा मुक्तक प्रस्तुत गरे ।

पछिल्लो समय मुक्तकप्रति लेखक र पाठकको आकर्षण कम हुँदै गएकाले प्रतिष्ठान नै गठन गरेर मुक्तकको संरक्षणमा लागेको मुक्तक प्रतिष्ठानका १ नम्बर प्रदेशका अध्यक्ष बाबुराम पोखरेलले बताए । नयाँ स्रष्टाहरूलाई मुक्तक लेखनतर्फ अभिप्रेरित गराउन जिल्ला–जिल्लामा गएर कार्यक्रम गर्ने तयारी भइरहेको प्रतिष्ठानकी उपाध्यक्ष कल्पना काफ्लेले जानकारी दिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top