पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

२३ पुस ७५, सोमबार

विराटनगर, पुस २३
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेकी उक्त पुरस्कारको राशि १५ हजार र सम्मानपत्र रहेको छ । पौडेलका विभिन्न विधा र अनुवादका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इन्जिनियरसमेत रहेका निरौला साहित्यप्रति रुची राख्ने र कवितासमेत लेख्ने गर्दथे ।

Advertisement

यसै वर्षदेखि प्रदान गरिने पुरस्कार आगामी माघ ६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top