×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

हलेसी,बराहक्षेत्र र पाथिभरा अब मोरङमा (भिडियो रिपोर्टसहित)

२६ पुष २०७५

विराटनगर, पुस २६
प्रदेश सरकारले पर्यटन प्रर्वद्धनका लागि मोरङको पथरीशनिश्चरेमा धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई समेटेर सांस्कृतिक ग्राम निर्माण गर्ने भएको छ । पथरी शनिश्चरे नगरपालिका –१० स्थित भुटानी शरणार्थी शिविरमा उनीहरुको पुर्नबासपछि खाली भएको सय बिघा क्षेत्रफलमा सांस्कृतिक ग्राम निर्माण गरिने भएको हो ।

सांस्कृतिक ग्राम निर्माणको लागि सोमबार बसेको प्रदेश सरकारको मन्त्रीस्तरको बैठकले डिपीआर निर्माण सम्बन्धी अवधारणा तयार गर्न स्थानीय राजनितिक अगुवा चण्डीप्रसाद राईको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो । सांस्कृतिक ग्राम निर्माण सम्बन्धी निश्चित कार्य तोकी बनाईएको सो कार्यदलको पहिलो बैठक प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको समेत उपस्थितीमा पथरी शनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ ।

Advertisement
Advertisement

सामाजिक विकास मन्त्रालयले सांस्कृतिक ग्राम निर्माणको लािग पहिलो चरणमा ५० लाख रुपैँया बजेट विनियोजन गरेको छ । सय विघा जग्गालाई सबैक्षेत्रको जनजीवन झल्काउने गरी हिमाली प्लट,पहाडी प्लट, तराई प्लट तथा हिमशृङ्खला, नदी प्रवाह र वनजंगल समेत देखिनेगरी विविध प्राकृतिक सम्पदाको प्लटमा विभाजन गरी ग्राम निमार्ण गरिने प्रदेश सरकारको योजना रहेको मन्त्री जिवन घिमिरेले जानकारी दिए ।

उनले भने ‘एक सय विघा जग्गालाई विभिन्न प्लटमा विभाजन गर्नेछौँ । एउटा हिमाली प्लट हुनेछ, त्यो हिमाली प्लटमा हिमाली जनजीवन देखिनेछ ।अर्को पहाडी प्लट हुनेछ, त्यहाँ पहाडी जनजीवन देखिनेछ । अर्को तराई प्लट हुनेछ , त्यहाँ तराईको सामाजिक र सांस्कृतिक जनजीवन देखिनेछ ।’

यस्तै मोरङको राजारानीमा सबैधर्मको साझाथलोको रुपमा शान्तिपार्क निर्माण गर्ने जिम्मा लिएको सामाजिक विकास मन्त्रालयले त्यसठाउँमा अर्को प्लटमा तीन धाम निर्माण गर्ने भएको छ । तीनधाममा खोटाङको हलेसी महादेवस्थान, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथिभरादेवीको हुबहु चित्रण गरिने छ । प्रदेशको पहिचानको रुपमा विकास गर्न लागिएको यस सांस्कृतिक ग्रामको नाम तीन धाम सांस्कृतिक ग्राम राखिने मन्त्री घिमिरेले पथरी शनिश्चरे नगरपालिकामा आयोजित कार्यक्रममा बताए ।

Advertisement

सांस्कृतिक ग्राम निर्माण सम्बन्धी गठन गरिएको कार्यदलले डिपीआर तयार गर्दा ध्यान दिनुपर्ने पक्षहरुको सिफारिस गर्ने, सांस्कृतिक ग्राम राख्न उपयुक्त हुने वस्तु तथा सामाग्रीको सुची तयार गर्ने, संरचना र कार्यविवरण तयार गर्ने, आवश्यक जनशक्ति र पुर्वाधारको प्रक्षेपण गर्ने तथा विभिन्न स्थानहरु झल्किने व्लकहरु के कस्ता र कसरी बनाउन उपयुक्त हुन्छ भन्ने कुराहरु लगायतको कामहरु गर्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top