लिग वान : एमिन्समाथि पीएसजीको सहज जित

२८ पुस ७५, आइतबार

एजेन्सी, पुस २९

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । शनिबार राति भएको खेलमा एमिनसलाई ३–० ले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । ६६ औँ मिनेटमा १० खेलाडीमा समेटिएको एमिनससँग पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

एमिन्सको मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलको ५७औं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एलेक्स बीलिनले काभनीलाई बक्समा लडाएपछि भिएआरको सहायतामा पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसलाई काभनीले कुनै गलती गरेनन् ।

Advertisement

६६औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । एमिन्सका खालिद एडिनन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । त्यसको प्रत्यक्ष फाइदा पीएसजीले उठायो । ७०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले काभानीको पासलाई गोलमा परिणत गरेका थिए ।

७९औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा मार्किन्योसले गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए । जितपछि लिग वानमा अपराजित रहेको पीएसजीले १८ खेलबाट ५० अंक जोड्दै लिगको आफ्नो शीर्षता थप बलियो बनाएको छ । पीएसजीले दोस्रो स्थानमा रहेको लिलेमाथि १३ अंकको अग्रता बनाएको छ । पीएसजीले दुई खेल कम खेलेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top