स्पेनिस ला लिगा : रियल बेटिसलाई पराजित गर्दै रियल चौथो स्थानमा उक्लियो

२९ पुस ७५, सोमबार

एजेन्सी, पुस ३०
स्पेनिस ला लिगा फुटबलमा खराव प्रदर्शन गरिरहेको स्पेनिस जाइन्ट रियल मड्रिडले आईतबार राती भएको खेलमा रियल बेटिसलाई २–१ ले पराजित गरेको छ ।रियलले रियल बेटिसलाई उसकै मैदानमा पराजित गर्न सफल भएको हो । रियलको जितमा लुका मोड्रिच र ड्यानियल सेवालेसले गोल गरे । रियल बोटिसका लागि सर्जियो कानालेसले एक गोल फर्काए ।

Advertisement

आइतबार राति भएको खेलमा रियलले १९औं मिनेटमा लुका मोड्रिचको गोलबाट खेलमा अग्रता बनाएको थियो । ड्यानियल कार्भाहलले प्रहार गरेको बल विपक्षी डिफन्डरलाई लाग्दै फर्किएको बललाई लुका मोड्रिचले बक्सभित्रबाट सुन्दर गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ६८औं मिनेटमा सर्जियो कानालेसले बराबरी गोल फर्काए । जियोभानी लो सेल्सोको पासमा सर्जियो कानालेस अफसाइडमा बिट ट्याप गर्दै गोल गरेका थिए । तर, रियलले सर्जियो अफसाइडमा रहेको भन्दै अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिएको थियो । भिएआरको सहायतापछि रेफ्रील बेटिसलाई गोलको मान्यता दिएको थियो ।

Advertisement

खेल सकिन दुई मिनेट बाँकी रहँदा ड्यानियल सेवालेसले गोल गर्दै रियललाई महत्वपूर्ण ३ अंक दिलाए । सेवालेसले लो फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भएको थियो ।जितसँगै रियल १९ खेलबाट ३३ अंक जोडेर ला लिगाको चौथो स्थानमा उक्लन सफल भएको छ । त्यस्तै रियल बेटिस २६ अंक जोडेर सातौ स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top