एइवारमाथि बार्सिलोनाको सहज जित, मेस्सीको ४००औं गोल

३० पुस ७५, सोमबार
Share this
745shares

एजेन्सी, पुस ३०
स्पेनिस ला लिगा फुटबल अन्तर्गत कप्तान लियोनेल मेस्सीले बार्सिलोनाको लागि ४००औं गोल पुरा गरेको खेलमा बार्सिलोनाले एइवारमाथि ३–० को सहज जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदानमा आईतबार राती भएको खेलमा उसका लागि अर्को दुई गोल लुइस स्वारेजले गोल गरे ।

Advertisement

एकपक्षीय बनेको खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल भएको थियो । स्वारेजले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्न सफल भयो ।

५३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले लुइस स्वारेजको पासमा गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । यससँगै मेस्सीले ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरे । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । उनले बार्सिलोनामा १४ वर्षको अवधिमा ४०० गोलको कोसेढुङ्गा पार गरेका हुन् ।

Advertisement

५९औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top