१८ कार्तिक , काठमाण्डौ ।
रौतहटको सदरमुकाम गौरमा अज्ञात व्यक्तिले एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार ।
गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते ।

मंगलबार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकी नजिक यादवमाथि अज्ञात व्यक्तिले एक्कासि पाँच राउन्ड गोली प्रहार गरेको स्थानीयको भनाइ ।
गोली प्रहारपछि घटनास्थलमा त्रास फैलिएको थियो भने घाइते यादवलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
घाइते यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार जारी ।
उनको पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको चिकित्सकबाट जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले दिए जानकारी ।
शरीरका हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउसमेत देखिएको उनको भनाइ ।
युवकमाथि कसले र किन गोली प्रहार ग¥यो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन ।
घटनास्थलको अनुसन्धान तथा सम्भावित आक्रमणकारीको खोजी सुरु गरेको डीएसपी गौतमको भनाइ ।



