गिद्धले दुई बच्चा कोरल्यो

१५ पुस ७४, आइतबार

चितवन, पुस १६
चितवन राष्ट्रिय निकुञ्जमास्थित गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डङ्गर गिद्धले अण्डा कोरल्न थालेका छन् । प्रजनन केन्द्रका गिद्धले यस मौसममा १७ वटा अण्डा पारेकामा दुई वटा अण्डा कोरलेर बच्चा निकालेको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले गिद्धको दुई वटा गुँडमा बच्चा देखिएको बताए । गिद्ध रहेको ठाउँमा सर्वसाधारण जान बन्देज गरिएको छ । त्यहाँ जडान गरिएको सिसी क्यामराबाट बच्चा देखिएको उनले बताए ।

दुर्लभ मानिएको गिद्धको बच्चा कोरल्नुलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । गतवर्ष गिद्धले १५ वटा अण्डा पारेकामा नौ वटाबाट मात्रै बच्चा कोरलिएको थियो । तीमध्ये आठ वटा जीवितै छन् । ।

Advertisement

खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्धमध्ये २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको छ । आठ वटा बच्चाको लिङ्ग पहिचान हुन सकेको छैन ।

गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने खड्काले बताए । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा डिएनए परीक्षण गरी लिङ्ग पहिचान गरिँदै आएको छ ।

Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डङ्गर गिद्ध संरक्षण गर्न थालिएको हो । त्यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छाडिने योजना छ ।
सन् २०१७ मा पाँच वटा, सन् २०१८ र २०१९ मा चार–चार वटा गरी १९ वटा गिद्ध प्रकृतिमा छाड्ने योजना बनाइए पनि सन् २०१७ मा छ वटा मात्रै प्रकृतिमा छाडिएको छ । प्रकृतिमा छाडिएका गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ ।

अति संकटापन्न अवस्थामा रहेको डङ्गर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ । विश्वमा नै पहिलो पटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाडिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गिद्ध प्रजनन केन्द्रमा बच्चा कोरल्नुलाई प्रजाति संरक्षणमा महत्वपूर्ण उपलब्धिका रुपमा आफूहरुले लिएको बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top