NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

प्रदेश नं. १ भारतीय माछाको भरमा

बिहिबार माघ ३ , २०७५
Reading Time: 1 min read
A A
प्रदेश नं. १ भारतीय माछाको भरमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर, माघ २
नेपालमा उत्पादित माछाको बजारमा राम्रो माग भएपनि नेपाली उत्पादनको माछाले माग धान्न नसक्दा प्रदेश नं. १ को बजार भारतीय माछाको भरमा चलेको छ ।

प्रदेश नम्बर एकका जिल्लामा केही वर्षदेखि व्यवसायिक रुपमा माछापालन हुन थालेपनि मूल्य असन्तुलनका कारण भारतीय माछासँग नेपाली माछाले प्रतिस्पर्धा गर्न नसक्दा भारतीय माछाको एकाधिकारको बजार अझै तोडिन सकेको छैन ।

LS Auto

पूर्वी नेपालका मूख्यत मोरङ, सुनसरी, झापा जिल्लाका अधिकांश बजारमा अहिलेपनि सिजनमा ७० प्रतिशत र अफसिजनमा ९० प्रतिशत माछा भारतबाट आउने गरेको छ । नेपाली उत्पादन बढन नसकेका कारण भारतीय माछाको भरपर्नुपर्दा माछा खरिदका लागि लार्खौ रुपैया विदेशिने गरेको छ ।

एक नं प्रदेशको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका अनुसार नेपाली माछा उत्पादनको दर न्युन रहेको छ । निर्देशनालयका अनुसार प्रदेश नं. एकमा करिब १५ सय हेक्टरमा माछा खेती हुदै आएको छ । यो प्रदेशमा बार्षिक ८ हजार मेट्रिकटन ताजा माछा उत्पादन हुने गरेको छ । यो उत्पादनले प्रदेश नं एकका मुख्य बजारमा नेपाली माछाको उपस्थिती सरदर २० देखि २५ प्रतिशत मात्र हुन आउने सरकारी अधिकारीहरुको भनाई छ ।

मत्स्य बिकास अधिकृत नेल्सन पोखरेलका अनुशार माछा पालनका लागि नँया पोखरी खन्ने र माछा पालन गर्ने क्रममा केही बर्षदेखि वढोत्तरी भएपनि माग अनुसारको आपुर्ती हुन सकिरहेको छैन ।

उनले भनिन् ‘ हाम्रो स्थानीय माछाको बजारमा एकदमै धेरै माग छ । उपभोक्ताले स्थानीय बजारमा स्थानी माछा खोज्दा अझैपनि नपाई रहेको अवस्था छ । अहिले बजारमा ६० देखी ७० प्रतिशत भारतीय माछानै छ । आफै आत्म निर्भर बन्नका लागि र उत्पादकत्व बढाउनका लागि चाँहि नेर्देशनालयले कार्यक्रमहरु प्रस्ताव गरेको छ । १४ वटै जिल्ला समेटने गरि विभिन्न कार्यक्रमहरुको सोच ल्याएका छौँ । पहाडी/उच्च हिमाली जिल्लाहरुमा रेम्बोड्रग माछा पालन जसको अत्याधिक माग छ । त्यसै गरि तराईका जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, उदपुर र मध्य पहाडीका पोटेन्सीयल एरियाहरुमा माछा पालन विस्तार गर्न सक्छौँ । झामामा वंगास माछा पालनले गर्दा उत्पादनमा बृद्धि भएको छ । यस हिसाबले अब माछामा यान्त्रीकरण आईस प्लान्ट, मेकनाईजेसन, किसानलाई प्रविधियुक्त तालिमलगायतका कार्यक्रमहरु प्रस्ताव गरेका छौँ ।’

माछा व्यवसायी संघका अनुसार प्रदेश नं एकमा बार्षिक २८ हजार मेट्रिक टन माछाको बजार माग रहेको छ । त्यसमा करिब १९ हजार मेट्रिकटन माछा भारतबाट आउने गरेको छ ।

विराटनगरका माछा व्यवसायी मालबावु सहनीका अनुसार भारतको बगांलबाट सबै भन्दा वढी माछा नेपाल भित्रिने गरेको छ । भारतबाट आउने कार्प जातका माछाहरु भन्दा नेपाली उपभोक्ताहरुले भने स्वदेशी उत्पादनका माछाहरु रहु,नैनी तथा भाकुर जातका माछा वढी रोज्ने गरेको सहनीले बताए ।

उनले भने ‘ मुग्री माछा नेपालमा उत्पादन हुने गरेको छैन त्यसकारण यो माछा हामीले भारतबाट आयात गरेर बिक्रि गर्नु परिरहेको छ । नेपालमा अन्य माछाहरु पनि त्यति उत्पादन हुन सकेको छैन त्यसकारण भारतमा भर पर्नु परेको छ । यदी नेपलमै उत्पादन हुन सकेको भए यहिँबाट धेरै राम्रो हुने थियो । नेपाली पैसा भारत जाने थिएन । अहिले नेपालमा अअि अलि माछा पालन हुन थालेको छ । त्यसले माग धान्न सकिरहेको छैन । अहिले विराटनगर बजारमा मात्र ८० प्रतिशत भारतीय माछा आउने गरेको छ ।’

भारतबाट केही बर्ष अघिसम्म मरेका माछा आउने गरेकोमा पछिल्लो समय जिउँदो र ताजामाछा ल्याउने गरिएको छ । सरकारी तथ्याङक अनुसार सबै भन्दा बढी मोरङ जिल्लामा ६ सय हेक्टरमा माछा ब्यवसाय गरिन्छ । जसको बार्षिक उत्पादन २३ सय ८३ मेट्रिकटन रहेको छ । यस्तै सुनसरी जिल्लामा ३ सय ९६ हेक्टरमा बार्षिक ११ सय ६२ मेट्रिक टन उत्पादन हुदै आएको छ भने झापामा २ सय ८५ हेक्टरमा माछा खेती हुदै आएको छ ।जसको उपादन बार्षिक ९ सय ५ मेट्रिकटन रहेको छ ।

पूर्वी नेपालको प्रमुख दुई नाकाबाट मात्र मासिक रुपमा १ करोड भन्दा बढीको भारतीय माछा नेपाल भित्रिने गरेको छ । विराटनगरको रानी र झापाको मेची यी दुई नाकाबाट मात्र गत आर्थिक बर्ष २०७४/०७५ को एक बर्षको अवधिमा २९ लाख ८४ हजार २१८ केजी भारतीय माछा प्रदेश नं एकमा भित्रिएको छ,जसको नेपाली मुल्य १५ करोड ६१ लाख ७४ हजार ७ सय ९६ रुपैया रहेको छ ।

नेपालमा उत्पादन भएको माछाको माग अत्याधिक भएपनि नेपाली माछा भन्दा भारतीय माछा बजारमा सस्तो हुने गरेको छ । जसका कारण नेपालमा उत्पादन गरेको माछाले बजार पाउन सकेको छैन । तकिया कृषि फार्मका सञ्चालक गणेश उप्रेतीले भारतीय माछा भन्दा नेपाली माछाको उत्पादन मुल्य बढी पर्ने भएकाले नेपाली माछाले बजारमा भारतीय माछासंग प्रतिस्पर्धा गर्न नसकेको बताए ।

उनले भारत सरकारले जस्तै नेपाली माछापालक कृषकलाईपनि माछा भुरादेखि दानासम्ममा सहुलियत दिने हो,भने माछामा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताए । व्यवसायी उप्रेतीका अनुसार नेपाली माछा उत्पादनदेखि बजारसम्म ल्याई पु¥याउदा प्रतिकेजी लागत २ सय रुपैया पर्ने गरेको छ,तर भारतीय माछा बजारमा अहिलेपनि प्रतिकेजी २ सय रुपैयामा बिक्री हुने गरेको छ ।

उनले भने ‘ भारतमा सरकारले माछा पालन गर्ने कृषकलाई विभिन्न किसिमका सहुलियत दिएको छ । त्यहाँ भुरादेखी दाना सम्ममा सरकारले सहुलियत दिएको छ । यहाँ त बरु उल्टै कृषकहरु सँग कर माथि कर लिने गरिएको छ ।

बजारमा बिक्ने भारतीय माछाको दाममा त हाम्रो लागत समेत उठ्दैन ।’मोरङ जिल्लालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले तीन बर्षदेखि माछा जोन कार्यक्रम सञ्चालन हुदै आएपनि त्यसको उपलब्धी भने प्राय शुन्य जस्तै देखिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालित माछा जोन बनाउने कार्यक्रमका लागि तिन बर्षको अबधिमा मोरङ जिल्लामा मात्र २३ करोड५० लाख ७५ हजार रुपैया खर्च भई सकेको छ । परियोजनाका प्रमुख नुनुलाल उराउका अनुसार माछा जोन कार्यक्रम अन्तर्गत १० बर्षे भित्र जिल्लालाई माछामा आत्मनिर्भर बनाउने योजना रहेको छ ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.