सिरियाको रक्कामा गाडिएका ११५ शव निकालियो

१५ पुस ७४, आइतबार

दमास्कस, पुस १६
सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा पुरिएको सामुहिक चिहानबाट ११५ ओटा शव बाहिर निकालिएको छ । ती शव इस्लामिक स्टेट (आइएस) लडाकूहरुद्धारा मारिएका सिरियाली सर्वसाधारण नागरिक र सरकारी सुरक्षाकर्मीहरुको भएको अनुमान गरिएको अधिकारीहरुलाई उद्धृतगर्दै अन्तराट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ती शव भेटिएको घटनास्थल इस्लामिक स्टेटका लडाकूले केही वर्षअघिदेखि नै आफ्नो नियन्त्रणमा लिएको सहर हो । उनीहरुलाई सन् २०१४ को मध्यतिर मिब्डी अफ्नान नजिकैको ठाँउमा आईएस लडाकूहरुले मारेको जनाइएको छ । सवै शवलाई लडाकूहरुले एकै रातमा जमिनमा पुरेर गाडेका थिए ।

सानाले जनाएअनुसार अर्काे आम चिहानबाट पनि शवहरु बाहिर निकालिएको छ । तर त्यसलाई सार्वजनिक गर्ने कार्य भने तयारी अवस्थामै रहेको छ ।

Advertisement

सिरियाली सेनाले गत जुलाईमा डिब्सी अफ्नान र अरु क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसअगाडि अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्र्याटीक फोर्सले अक्टोबरमा रक्काको राजधानी कब्जामा लिएको थियो ।
आईएस लडाकूहरुले आफ्नो बलियो प्रभाव रहेको मानिएको पुर्वी प्रान्त डैर अल जौरमा पनि प्रभाव गुमाएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top