मन्त्रीलाई मनखुसी, आफ्नो सुविधा मन्त्रीले तोक्न पाउने

काठमाडौं : पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो। यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पाउने व्यवस्था थियोे। गत शनिबारको मन्त्रिपरिषद् बैठकले सुविधासम्बन्धी सबै तजबिजी मन्त्रालयलाई सुम्पिदियो।

Advertisement

मन्त्रीहरुले यसअघि तलब, सुविधा प्रधानमन्त्री कार्यालयबाट लिँदै आएका थिए। प्रधानमन्त्री कार्यालयबाट तलबभत्तालगायत सुविधा दिँदा पनि मन्त्रीहरुले दोहोरो सुविधा लिने गरेका थिए। यसले राज्यकोषमा थप व्ययभार परेको भन्दै सम्बन्धित मन्त्रालयबाटै लिने व्यवस्था गरिएको हो। तर सम्बन्धित मन्त्रालयबाट तलबसुविधा लिँदा झन् मनपरी हुने देखिएको छ। मन्त्रीले आफ्नो सेवासुविधाबारे आफै निर्णय गर्न पाउने छन्, जसले गर्दा मन्त्रीले आफूअनुकुलको निर्णय गराउन सक्ने छन्।

मन्त्रीले श्रीमती, छोराछोरी वा आफन्तलाई गाडीलगायत सुविधा मनपरी उपलब्ध गराउने सक्ने सम्भावना हुने एक पूर्वमहालेखापरीक्षकले बताए। गाडी मर्मतका नाम लाखौंको बिल बनाउन पनि सक्ने छन्। मन्त्रीको निर्णय, सुविधा र बिल भपाईलाई सचिवलगायत कर्मचारीले इन्कार गर्न सक्ने अवस्था हुदैन।,अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top