जर्मन बुन्डेसलिगा : बार्यन विजयी, होफेनहिम ३–१ ले पराजित

SINSHEIM, GERMANY - JANUARY 18: Leon Goretzka of Bayern Munich celebrates scoring the 2nd goal with team mates during the Bundesliga match between TSG 1899 Hoffenheim and FC Bayern Muenchen at Wirsol Rhein-Neckar-Arena on January 18, 2019 in Sinsheim, Germany. (Photo by Alex Grimm/Bongarts/Getty Images)

एजेन्सी,माघ ५
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बार्यन म्युनिक विजयी भएको छ । बार्यनले होफेनहिमलाई ३–१ गोल अन्तरले पराजित डोर्टमन्डसँगको अंकदुरी समेत घटाएको छ ।

गोरेटज्काको दुई गोलमा बार्यनले सहज जित निकाल्न सफल भयो । खेलको ३४ औं मिनेटमा गोरेटजकाले गोल गर्दै खेलमा सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा पुनः गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोश्रो हाफको ५९ औं मिनेटमा होफेनहिमका स्कल्जले गोल गर्दै गोल अन्तर घटाएका थिए । तर, खेलको ८७ औं मिनेमा लेवन्डस्कीले पुनः गोल गर्दै खेल ३(१को बनाउन सफल भए ।
त्यसपछि थप गोल हुन सकेन र बार्यन विजयी हुन पुग्यो । जितसँगै बार्यनले डर्टमन्डसँगको अंकदुरी घटाएको छ । जितसँगै बार्यन ३९ अंकसहित दोश्रो स्थानमा छ भने डर्टमन्ड ४२ अंकसहित खेलको शीर्ष स्थानमा छ । बायर्नसँग पराजित होफेनहाइन २५ अंक जोडेर सातौ स्थानमा छ ।