ए डिभिजन लिग च्याम्पियन मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

काठमाडौँ, माघ ५
नेपालको ए डिभिजन लिग च्याम्पियन बन्न सफल मा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबलाई विश्व फुटबल महासंघ –फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले बधाई दिएका छन् ।

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पामार्फत बिहीबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले आठौं पटक लिग च्याम्पियन बन्न सफल भएकोमा मनाङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रावधिक टोली, मेडिकल टोली र समर्थकहरुलाई बधाई दिएका हुन् ।

Advertisement

उनले सोही पत्रमा समर्थ फुटबल समुदायका तर्फबाट मनाङ र एन्फालाई फुटबलमा सकारात्मक सन्देश प्रवाह गरेकोमा पनि धन्यवाद दिएका छन् ।

पुस २४ गते सम्पन्न ए डिभिजन लिग मनाङले जितेको थियो । ए डिभजिन लिग मनाङले जितेको त्यो आठौं पटक हो, जुन नेपाली फुटलबलमा एउटै क्लबले जितेको सर्वाधिक हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top