×

NEPAL TIMES UPDATES

Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026

सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट पौड्याल पुरस्कृत

विराटनगर, माघ ६
पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले युवा साहित्यकार महेश पौड्याललाई पुरस्कृत गरेको छ । विराटनगरमा आइतबार आयोजित कार्यक्रममा ‘सुदिश निरौला स्मृति साहित्य पुरस्कार’बाट पौड्याललाई पुरस्कृत गरिएको हो ।

सुदिस निरौला मेमोरियल ट्रष्टले हरेक वर्ष ४५ वर्षमुनिका एकजना स्रष्टालाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गरेको हो । पुरस्कार पूर्वाञ्चल साहित्य प्रतिष्ठानले वितरण गर्नेछ ।

Advertisement
Advertisement

वरिष्ठ समालोचक दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, सुदिशकी मातासमेत रहेकी ट्रष्टकी अध्यक्ष टेकमाया निरौलालगायतले पौड्याललाई दोसल्ला ओढाएर १५ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

पौड्याल अनुवादसहित समालोचना, आख्यान, कवितालगायतका विधामा कलम चलाउँदै आएका छन् । उनको पछिल्लो कृति ‘त्यसपछि फुलेन गोदावरी’ कृति चर्चित छ ।

कविसमेत रहेका सुदिशको सवारी दुर्घटनामा निधन भएको थियो । पिता गोविन्द र माता टेकमाया निरौलाले छोरा सुदिशको स्मृतिमा ट्रष्ट स्थापना गरेर सामाजिक कार्य गर्दै आएका छन् ।

Advertisement

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका समालोचक दधिराज सुवेदी, समालोचक भूषण ढुंगेल, कवि गोकुल अधिकारी, मधु पोखरेल, मीनकुमार नवोदित, भेषराज पोखरेल, ट्रष्टका सल्लाहकार कमल सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । ट्रष्टलाई सहयोग गर्ने सुदिशका सहपाठी दिपेश गौतमलाई पनि सम्मान गरिएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top