तेरापंथको रक्तदानमा १ सय ८० पिन्ट रगत संकलन

६ माघ ७५, सोमबार

विराटनगर, माघ ६
तेरापंथ युवक परिषद् विराटनगरले ‘मेघा ब्लड डोनेशन ड्राइभ’ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरको जैन भवनमा सम्पन्न रक्तदानमा १ सय ८० पिन्ट रगत संकलन भएको छ ।

विश्वको सर्वाधिक रक्तदाता संस्था अखिल भारतीय तेरापंथ युवक परिषदद्धारा प्रस्तुत सो रक्तदान कार्यक्रमले केहीमात्रामा भएपनि मानव जीवनको महत्वपूर्ण रहेको रगतको अभावलाई पुर्ति गर्न सहयोग गर्ने तेरापंथ युवक परिषद् विराटनगरका अध्यक्ष विनयकुमार पारखले बताए ।

वार्षिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको तेरापंथ युवक परिषद्ले विपन्न समुदायलाई लक्षित गरेर खाद्यान्न, लत्ताकपडा वितरण गर्नुका साथै समयसमयमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आईरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top