विराटनगर, माघ ६
विराटनगरमा माघ ९ गतेदेखि विराट फूटवेयर एक्स्पो–२०७५ प्रदर्शनी सुरु हुने भएको छ । “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” मुल नाराको साथ जुत्ता चप्पल म्यानुफ्याक्चरिङ्ग नेपालको आयोजनामा गर्न लागिएको सो प्रदर्शनी माघ ३० गतेसम्म चल्ने छ ।
एक्स्पोमा नेपालमा बनेका महिला, पुरुष, बालबालिकाका जुत्ता, चप्पल, स्र्पोट्स, पार्टी सु लगायत व्याग र पेटी लगायत राखिने आयोजकले विराटनगरमा आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
एक्स्पोमा सहभागी कम्पनीहरुले उपभोक्तालाई विभिन्न फुटवयरेका सामाग्रीहरुमा १५ देखि ६० प्रतिशतसम्म छुट दिने मेला संयोजक होमनाथ उपाध्यायले बताए । विराटनगर– ७ मा रहेको बैंक अफ काठमाडौँको अगाडि रहेको खाली ठाउँमा आयोजना गरिने सो एक्स्पोमा १० वटा स्वदेशी फुटवयेर कम्पनीको सहभागीता रहने उनले जानकारी दिए ।
मेलामा २ लाख अवलोकन कर्ताले अवलोकन गर्ने तथा २ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ ।स्वदेशी उद्योगले ४ करोड जोर जुत्ता चप्पल उत्पादन गरेको तथा नेपालमा वार्षिक ७ करोड खपत रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । त्यस्तै स्वदेशी उद्योगहरुको वार्षिक कारोबार ३२ अरब रहेको र लगानी करिब १७ अरब रहेको जनाईएको छ ।