Nepal Times
Nepal Times
3
Shares

कांग्रेसका युवा नेताबीच होडबाजी: दुई धारमा युवा नेता

कांग्रेसका युवा नेताबीच होडबाजी: दुई धारमा युवा नेता

पुसको पहिलो साता कांग्रेसका युवा नेता चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडैल, धनराज गुरुङलगायत नेताले बैठक राखे भन्ने सूचना सार्वजनिक भएको केही घन्टामै पार्टीका विभिन्न भ्रातृसंगठनका अध्यक्षहरूको बैठक बसेको सूचनासमेत सार्वजनिक भयो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । खासगरी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी कमजोर देखिएसँगै पार्टीका युवापंक्तिका नेताहरू पनि दुई धारमार्फत समानान्तर गतिविधिमा उत्रिएका छन् ।

भण्डारी र थापासहितको पंक्तिले पार्टीभित्र ठूलो परिर्वतनको अपेक्षा राखेको छ भने अर्को समानान्तर बैठक गरेको भ्रातृ संगठनका अध्यक्षहरू पार्टी सभापति शेरबहादुर देउवाको प्रतिरक्षामा उत्रिएको भान हुन्छ । नेविसंघका अध्यक्ष नैनसिंह महरको अगुवाइमा भइरहेको खेमाको युवा बैठकले सातवटै प्रदेशमा समीक्षा गोष्ठी गर्ने निष्कर्ष निकालेको छ ।

आतबार मात्रै भण्डारी, थापा, पौडैलसहितका सात युवा नेताले संयुक्त रूपमा सार्वजनिक अपिल नै जारी गर्दै पार्टी नेतृत्वलाई केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेर महासमिति बैठक डाक्न माग गरे । यो समूहको अगुवाइ गरिरहेका भण्डारी भन्छन्, ‘हामी सम्रगमा पार्टीसामु आइपुगेको चुनौती कसरी सामना गर्ने भन्नेबारे चिन्तित भएर लागेका छौं । तर, केही युवा साथीले त्यसलाई गलत ढंगले लिनुभयो ।’

नेविसंघका अध्यक्ष महरले आफूहरूले भण्डारी, थापालगायत युवा समूहले गरिरहेका गतिविधिलाई इन्काउन्टर दिनेगरी बैठक र कार्यक्रम नगरेको दाबी गरे । उनले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘हामी पार्टीको वैधानिक निकाय हौं, त्यही भएर पार्टी निर्वाचनमा किन र कसरी कमजोर भयो भनेर समीक्षा मात्रै गर्न लागेका हौं । महरले यसो भनिराखे पनि कांग्रेसभित्रका युवा समूह दुई कित्तामा बाँडिएको कुरा उनीहरूको गतिविधिबाट प्रस्ट भएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.