लियो क्लब अफ विराटनगर युनिकद्वारा कराँते खेलाडीहरु सम्मानित

१३ माघ ७५, सोमबार

विराटनगर, माघ १४
छिमेकी राष्ट भारतमा भर्खरै सम्पन्न साउथ एशियन कराँते च्याम्पियनशीपमा पदक हात पार्न सफल खेलाडीहरुलाई आइतबार विराटनगरमा सम्मान गरिएको छ ।

च्याम्पियनशीपमा २ वटा स्वर्ण, ६ वटा रजत र १ कास्य पदक जित्न सफल विराटनगरको पोखरिया डोजोका खेलाडीहरुलाई लियो क्लब अफ विराटनगर युनिकले सम्मान गरेको हो । लियोका पदाधिकारहिरुले खेलाडीहरुलाई सम्मान गर्दे आगामी दिनमा पनि सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

केही दिन अगाडि भारतमा सम्पन्न तेस्रो साउथ यशियन कराँते च्याम्पियनशीपमा नेपालको प्रतिनिधित्व गर्दे मोरङको पोखरिया डोजोका खेलाडीहरुले २ रजत र २ कास्यपदक जित्न सफल भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top