प्रदेश १ मा नयाँ कुष्ठरोगीको संख्या बढ्दै

१३ माघ ७५, सोमबार

विराटनगर,माघ १४
तराई मधेशका क्षेत्रहरुमा कुष्ठरोगीको संख्यामा तुलनात्मक रुपमा कमी नआएको देखिएको छ । झापा, मोरङ, सुनसरी,उदयपुरलगायतका जिल्लामा अहिले पनि कुष्ठरोगीको संख्या उल्लेख्य रहेको तथ्याङ सार्वजनिक भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटा प्रदेश नम्बर १ को आयोजनामा आईतबार विराटनगरमा भएको छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले नयाँ बिरामीको संख्यामा वृद्धि भएको जानकारी दिए । यस्तै उनले आर्थिक वर्ष २०७४÷०७५ मा ९६ नयाँ बिरामी कोशी अञ्चल अस्पतालमा आएको बताउँदै चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २५ जनाले उपचार लिएको बताए । उनले अहिले पनि नयाँ नयाँ कुष्ठरोगीको संख्यामा तुलनात्मक रुपमा केही मात्रामा वृद्धि भएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले प्रति १० हजारमा १ जनाभन्दा कम भएमा मात्र कुष्ठरोग निवारण हुने भएपनि झापा २ सय ७६,मोरङमा १ सय ५१ र सुनसरीमा ७३ रहेकोले निर्धारित मापदण्डभन्दा माथि रहेको बताए । शरीरमा नचिलाउने रातो फुस्रो दाग देखिनु, अनुहार तथा कानको लोती बाक्लो हुनु, नसा झमझम गर्नु लगायतका कुष्ठरोगका लक्षण हुन् । नियमीत रुपमा औषधि सेवन गर्दा यो रोग निको हुने चिकित्सकहरुले बताएका छन् ।

Advertisement

कुष्ठरोग खोजपडताल र उपचारमा सहयोग गर्ने संस्था एनएलआरका सहनिर्देशक नन्दलाल बास्तोलाले २०१५ देखि झापामा प्रति १ लाखमा २२ जना र मोरङमा प्रति १ लाखमा २१ जना नयाँ बिरामी भेट्टिएकोमा अहिले झापा र मोरङमा प्रति लाखमा ११, ११ जना नयाँ बिरामी फेला परेकोमा क्रमिक रुपमा घटने बताए । यस्तै कोशी अञ्चल अस्पतालको कुष्ठरोग विभागमा उपचार गराइरहेका बिरामीहरुलाई ६६ औं विश्व कुष्ठरोग दिवसका अवसरमा फलफूल वितरण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top