मोरङ, पौष १८ गते। मोरङको कटहरी गाउँपालिका–७ बस्ने १७ बर्षिया रमिता कुमारी उराउ कुटपिटबाट घाइते भएकी छिन् । उनलाई सोही ठाउँका २५ बर्षिय श्याम चौधरी, र २८ बर्षिय राज कुमार चौधरीले लेनदेनको बिषयमा झगडा हुँदा कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको र कुटपिटमा संलग्न दुवैजना वडा प्रहरी कार्यालय (ख) विराटनगरले नियन्त्रणाम लिएको छ ।